बाँकेकाे कचनापुरमा ट्रकसँग हाइस ठोकिदाँ ४ जना घाइते, एक गम्भीर

नेपालगन्ज । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अन्तर्गत कचनापुर जंगलमा रोकिराखेको ट्रकसँग हाइस ठोकिदाँ ४ जना घाइते भएका छन् ।

पश्चिमतर्फ फर्किर सडकमा रोकिराखेको ना ६ ख ४०४४ नम्बरको ट्रकसँग तुलसीपुरबाट कोहलपुरतर्फ जादै गरेको बा २ ख २१०६ नम्बरको हाइस आइतबार बेलुकी ७ बजेतिर ठोकिएको हो ।

बिग्रेको उक्त ट्रकको पछाडीबाट ठोक्किदाँ हाइसमा सवार ४ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयाे ।

घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार नेपालगन्ज १८ बस्ने २० वर्षका चन्द्रप्रकाश सिंह, रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका वडा नम्बर १० बस्ने १९ वर्षका विराज शाही, कालिकोट महावइ गाउँपालिका वडा नम्बर ७ का १९ वर्षकै भरत परियार र सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १० का १८ वर्षीय विवेक योगी घाइते भएका छन् ।

घाइते मध्ये योगीको टाउकोमा चोट रहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

Previous articleबाँकेका नन्कुन्नी र निर्मलाकाे मृत्युको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझायाे
Next articleखजुराबाट जुवा खेल्ने दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here