खजुराबाट जुवा खेल्ने दुई जना पक्राउ

नेपालगन्ज । जुवा खेल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिकाबाट उनीहरू पक्राउ परेका हुन् ।

खजुरा गाउँपालिका वडा नं-२ ए गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेकाे अवस्थामा ईलाका प्रहारी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके जानकी गाउँपालिका वडा नं-३ बस्ने २८ वर्षीय असोक बर्मा र भारतकाे बहराईज जिल्लास्थित रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई पक्राउ गरेको छ ।

आईतवार राती करिब ९ बजे पक्राउ परेका उनीहरूकाे साथबाट साठी हजार पाँच सय नगद र १८ गड्डी तास सहित फेला परेकाे जनाईएकाे छ ।

Previous articleबाँकेकाे कचनापुरमा ट्रकसँग हाइस ठोकिदाँ ४ जना घाइते, एक गम्भीर
Next articleगोर्खाली स्प्रिड अनुसार काम गर्नुहोस : खेलकुद मन्त्री अथक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here