
नेपालगञ्ज । चाडपर्वको अवसरमा बजार अनुगमन समितिले नेपालगञ्जका मिठाई पसलहरुको अनुगमन गरेको छ ।
सोमबार नेपालगञ्जको त्रिभुवन चोक क्षेत्रमा रहेका मिठाई पसलको अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको छ ।
अनुगमनका क्रममा त्रिभुवन चोकका मिठाई पसलहरुबाट ८० किलो मिठाई खान अयोग्य रहेको पाइएपछि उक्त बस्तु नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।
चाडपर्वका अवसरमा बजारमा अखाद्य बस्तुहरुको समेत बिक्री भइरहेको गुनासो आएपछि नेपालगन्जका विभिन्न मिठाइ पसलहरुको अनुगमन गर्दा बिग्रीएका एवं खान अयोग्य ३४ हजार मुल्य बराबरको विभिन्न प्रकारको मिठाई नष्ट गरिएको हो ।
साथै अनुगमनका क्रममा खाद्य वस्तुको सरसफाइ एवं स्वच्छता कायम राख्न अनुगमन समितिले सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ ।





