बाँकेको बैजनाथ-६ बाल विवाह मुक्त वडा घोषणा

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ६ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।

सोमबार गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल र उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले बाल विवाह मुक्त वडा घोषणाको प्रमाणत्र वडा अध्यक्ष भद्र बहादुर बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।

घोषणा समारोहमा अध्यक्ष रुचालले बाल विवाह सधैका लागि अत्य गर्न स्थानीय समुदाय सचेत हुन आवश्यक रहेको बताउनुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष विकले बाल विवाहका दिर्घकालिन असरबारे समुदाय सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाको नेतृत्व एव आयोजना तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको समन्वय सहकार्यमा वडा घोषणा गरिएको हो ।

सो समारोहका अवसरमा बाल विवाह मुक्त वडा घोषणाका लागि क्रियाशिल किसोरी, बाल तथा युवा क्लब र संघ संस्थालाई प्रमाणपत्रले सम्मान प्रदान गरिएको थियो ।

Previous articleनेपालगञ्जका मिठाई पसलमा अखाद्य बस्तु, ८० केजी मिठाई नष्ट
Next articleस्रष्टा विष्णु कमाल र रवीना चौधरी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here