राती ८ बजेपछि बाँकेमा देउसी भैलो खेल्न नपाइने

File Photo

नेपालगञ्ज । बाँकेमा राती ८ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै राती ८ बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

प्रशासनले देउसीभैलो खेल्दा शान्तिपूर्णरुपमा खेल्न र सार्वजनिक यातायात तथा जनजीवनलाई असर नपु¥याउन पनि आग्रह गरेको छ ।

प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माद्धारा जारी सूचनामा कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर पुजापाठ गर्न आग्रह गरिएको छ ।

यस्तै पटका, आतिसवाजी जस्ता प्रज्जलनशील एंव विस्फोटक पदार्थ उत्पादन, ओसार पसार, विक्री वितरण प्रयोग नगर्न र नगराउन पनि अपिल गरिएको छ ।

चाडपर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन अपिल गर्दै मापदक पदार्थलगायतका नशालु पदार्थको सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झैझगडा जस्ता कार्य नगर्न समेत आग्रह गरिएको छ ।

Previous articleआज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै
Next articleस्वास्थ्यकर्मीहरुलाई ईमप्लान्ट प्रयोग सम्बन्धि ८ दिने तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here