नयाँ भवनबाट फुल्टेक्रा माबिको अध्यापन शुरु

नेपालगञ्ज । फुल्टेक्रा माध्यमिक बिद्यालय अब आफनो नयाँ भवनमा कार्तिक २५ गते बिहीवार देखि अध्यापन शुरु गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ एकतानगर स्थित नयाँ भवनमा फुल्टेक्रा माध्यमिक बिद्यालय आफनै भवनमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुलाई कार्तिक २५ गते बिहीवार देखि अध्यापन शुरु गरेको हो ।

सो अवसरमा स्थानीयबासीहरु खुशी भएर सो बिद्यालयका प्रधानाध्यापक समीम कुरैशी, बीरेन्द्र यादव, राम सुमिरन मिश्र, सनील शाह, शान्ति कडेल, भिमा च्वाई, भक्त बहादुर ओली लागायत ८ जना शिक्षकहरुलाई खादा ओढाएर स्वागत तथा सम्मान गर्नुभयो ।

आफनै एकतानगर नयाँ भवनमा फुल्टेक्रा माध्यमिक बिद्यालयमा बिद्यालयको रेकर्ड अनुसार १ सय १७ जना बिद्यार्थीहरु कक्षा–६,७, ८, ९ र १० कक्षामा अध्ययनरत रहेका छन् भने फुल्टेक्रा गाउँमा रहेको पुरानो भवनमा शिशु कक्षा देखि कक्षा–५ सम्म १ सय ७९ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

पुरानो बिद्यालयबाट कार्यालय, कम्प्यूटर ल्याब, साइन्स ल्याब र लेखा शाखा समेत सारिएको समाजसेवी माधवराम वर्माले जानकारी गराउनुभयो । फुल्टेक्रा माध्यमिक बिद्यालयको पुरानो भवनमा र नयाँ बिद्यालयमा गरी अहिलेको रेकर्ड अनुसार २ सय ९६ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

कार्तिक २५ गते बिहीवार देखि नै बिहान १० बजे देखि साँझ ४ बजे सम्म पढाई शुरु भएको छ । सो अवसरमा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं–६ का वडाध्यक्ष समीर प्रताप सिंह, वडा सदस्य दिपक श्रेष्ठ, महिला सदस्य सवित्री शर्मा, दलित महिला सदस्य मुन्नी कोरी लगायतको उपस्थित रहेको थियो ।

Previous articleसूर्यको पूजा आराधना गरि छठ पर्व मनाइँदै
Next articleकोरोना बिरुद्धको खोप कार्यक्रम बारे घरदैलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here