कोरोना बिरुद्धको खोप कार्यक्रम बारे घरदैलो

नेपालगञ्ज । कोरोना बिरुद्धको खोप लगाए/नलगाएको बारेमा नेपालगञ्जमा घरदैलो गरिएको छ । नेपालगञ्जमा संचालित जोखिम संचार र समुदाय संलग्नता परियोजना अन्र्तगत बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ का बिभिन्न टोलहरुमा उक्त घरदैलो गरिएको हो ।

कोरोना भाइरस बिरुद्धको खोप कार्यक्रममा सहभागि भएका/नभएका व्यक्तिहरुको पहिचान गर्न घरदैलो कार्यक्रम गरिएको जनाइएको छ । घरदैलोका क्रममा कोरोना बिरुद्धको खोप लगाएका र नलगाएका घरदुरीमा स्टीकर समेत टाँस गरिएको छ । सो क्रममा थुप्रै घरका व्यक्तिहरुले अझैपनि कोरोना बिरुद्धको खोप नलगाएको पाइएको छ ।

उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले गरेको घरदैलोबाट स्वास्थ्य संस्था वा लगाउनैपर्ने संस्थामा काम गर्ने व्यक्तिले मात्रै खोप लगाएको र अन्यले नलगाएको देखिएको परियोजना परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनुभयो ।सो वडाको ९४ घरधुरीमा घरदैलो गरिएको र सोही क्रममा तीन किसिमको स्टीकर टाँस गरिएको हो । धेरैजसो घरधुरी अर्थात कोरोना बिरुद्धको खोप नलगाएको घरमा रातो स्टीकरण टाँस गरिएको छ, भने परिवारका सदस्यहरुमध्ये कमैले मात्र खोप लगाएको घरमा पहेलो स्टीकर टाँस गरिएको छ ।

यस्तै नेपाल सरकारको मापदण्ड अनुसार खोप लगाउन मिल्ने उमेर समूह अन्तर्गत परिवारका लक्षित सबैले खोप लगाएको घरधुरीमा हरियो स्टीकर टाँस गरिएको छ । घरदैलो कार्यक्रमले जेष्ठ नागरिक बाहेक धेरै जसो व्यक्तिले खोप लगाउन बाँकी रहेको पनि देखिएको छ ।

कोरोना बिरुद्धको खोप अभियानबारे जनचेतना जगाउने उद्देश्यले गरिएको घरदैलो कार्यक्रमा वडा नं १५ का स्वास्थ्य संस्थाबाट १ जना, दुई जना स्वास्थ्य स्वयंसेविका, एस डि एफबाट फिल्ड अफिसर हिरा बाठा, नगरस्तरीय किशोरी संजालबाट निलेशा गिरीको सहभागीता रहेको थियो ।

घरदैलोकै क्रममा कोरोना बिरद्धको खोपको महत्वबारे समेत घरपरिवारलाई जानकारी प्रदान गरिएको थियो ।

Previous articleनयाँ भवनबाट फुल्टेक्रा माबिको अध्यापन शुरु
Next articleएक दिन पछाडी धकेलियो कांग्रेस बाँकेको निर्वाचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here