दुई लिटर कोरेक्ससहित जमुनाहाबाट एक जना पक्राउ

नेपालगञ्ज । बाँकेको जमुनाहा नाकाबाट प्रहरीले कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार वीरेन्द्रनगर नगरपालिका ३ तातोपानीका बबिन शाहीलाई कोरेक्ससहित पक्राउ जनाएको हो ।

उनको साथबाट रियल जुसमा ल्याउन लागिएको दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

शंकास्पद गतिविधि देखिएपछि उनलाई प्रहरीले चेकजाँच गरेको थियो ।

Previous articleएक दिन पछाडी धकेलियो कांग्रेस बाँकेको निर्वाचन
Next articleकाँग्रेसकाे निर्वाचनका लागि निर्वाचन सामाग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here