नयाँ दिल्लीको हावा अहिलेसम्मकै सबैभन्दा खराब

File Photo

एजेन्सी । नयाँ दिल्लीको हावाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको भन्दै चेतावनी जारी गरिएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० ले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको बताएको हो ।

राज्य र स्थानीय निकायलाई आपत्कालीन उपाय लागू गर्न बोर्डको सुझाव छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ ।

सीपीसीबीको बैठकले १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि निकै प्रतिकूल रहने बताइएको छ ।

बोर्डले सरकारी र निजी कार्यालयका कर्मचारीलाई निजी परिवहनको उपयोग ३० प्रतिशतले कम गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, खोकी, रुघा र छातीमा पीडा भएकाहरुलाई घरमा नै आराम गर्न सुझाव दिइएको छ ।

दिल्लीमा पछिल्लो २४ घण्टामा औसत एयर क्वालिटी इन्डेक्स ४ सय ७१ दर्ता गरिएको थियो ।

Previous articleकाँग्रेसकाे निर्वाचनका लागि निर्वाचन सामाग्री हस्तान्तरण
Next articleद्रुत लेखाजोखा तथा आधारभूत मानवीय सहायता तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here