तीन सय बढि पार्टीमा प्रवेश : जसपाको दावी

नेपालगञ्ज । खजुरा गाउँपालिका वडा नम्बर ७ का ३ सय बढी व्यक्तिहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

जसपाको वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३४३ जना पार्टीमा प्रबेश गरेको जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि (जसपा( नेता मोहम्मद इस्तियाक राईको आतिथ्यता र जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम गरिएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राइले अहिलेको राजनीतिक उथलपुथलको कारण सबैभन्दा राम्रो जनताको चाहाना बुझ्ने एक मात्र पार्टी जसपा भएको बताउनुभयो । उहाँले नव प्रवेशिहरुलाई शुभकामना समेत दिनुभएको थियोे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अजय श्रीवास्तव, हिक्मत बि.क., लुम्बिनी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, सदस्य बेबी तबस्सुम अन्सारी, क्षेत्र न.३ का अध्यक्ष राजीव बर्मा, जसपा नेता सफीक सिद्दीकी, इसाक खान, लगायतको उपस्थिति रहेको जसपाका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

Previous articleद्रुत लेखाजोखा तथा आधारभूत मानवीय सहायता तालिम सम्पन्न
Next articleकांग्रेसको १४ औं महाधिवेशन : बाँकेका ८१ वडामध्ये ५२ वटामा निर्विरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here