
रोल्पा । रोल्पामा पिकअप जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान माडी गाउँपालिका वडा नं.६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा तीन जनाको मुत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिनभुयो । उहाँका अनुसार १ पुरूष र एक महिलाको पहिचान भइसकेको छैन ।
थप तीन जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्याइएको छ ।उनीहरू गम्भीर घाइते भएका छन् । जीपमा ६ यात्रु सवार रहेको आशंका गरिएको र अन्य यात्रुको खोजी भइरहेको जनाइएको छ ।
जीप साढे ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।





