चन्द्र बहादुर शाही कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रीमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा दुई हप्तापछि मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई हप्तापछि आज मंगलबार एक जना मन्त्री थपिएका हुन ।

मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

एकीकृत समाजवादीको संसदीय दलका नेता समेत रहेका शाही मुगु प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । नवनियुक्त मन्त्री शाहीले आज (मंगलबार) नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

Previous articleसिकाई कुना व्यवस्थापनका लागि खजुराका टोलटोलमा अभिमुखिकरण
Next articleकरोडौ मूल्यका गरगहनासहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here