
नेपालगन्ज । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित हुनुभएको छ ।
शाहले प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई १६ मतान्तरले हराउँदै नगर सभापतिमा निर्वाचित हुनुभएको हाे ।
संस्थापन इतर समूहका शाहले संस्थापन समूहका श्रेष्ठलाई हराउनुभएकाे छ । शाहले १६० मत पाउनुभयाे भने श्रेष्ठले १४४ मत पाउनुभयाे ।
शाहसहित उहाँको पूरै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा भरत शर्मा र सुशील सापकोटा विजयी हुनुभएको छ ।
शर्माले १६७ मत पाउँदा सापकोटाले पनि १६७ मत पाउनुभयाे । उहाँहरुका प्रतिद्वन्दी चेतकान्त भट्टराईले १३९ र अंशुमान चौधरीले १२८ मत पाउनुभयाे ।
सचिवमा शाह प्यानलकै बालकुमार शर्मा र गोविन्द वाग्ले निर्वाचित हुनुभयो । शर्माले १८१ मत ल्याउँदा वाग्लेले पनि १८१ मत नै पाउनुभयाे ।
उनीहरुका प्रतिद्वन्दी भूमबहादुर भण्डारीले १३२ मत र भुपेन्द्र शाहीले १०६ मत पाउनुभयाे ।
त्यस्तै सहसचिवमा महेश कुमार चौधरी १७७ र रामु लम्साल १५० मतका साथ विजयी हुनुभएको छ ।
प्रतिद्वन्दी कृष्णकुमार पुन मगर १३८ र कमल बहादुर शाहीले १२९ मत पाउनुभएकाे छ ।





