सौभाग्य जङ्ग शाह विश्व हिन्दु युवा संघ, लुम्बिनी प्रदेश अध्यक्षमा चयन

ठाकुरबाबा । पञ्चगव्य अध्ययन तथा अनुसन्धान केन्द्रद्धारा बर्दियाको ठाकुरबाबामा भुमीपुजन कार्यक्रम गरिएको छ ।

नेपाल समृद्धिको पहिलो आधार गाई र गाँजा भन्ने मुल नाराका ठाकुरबाबामा गरिएको भुमिपुजन कार्यक्रम ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितिले संयोजन गरेको थियो ।

बर्दियाका रैथानेहरुले विश्व विद्यालय घोषणा सल्यान माल्नेटा, दलित समुदायलाई सम्मानित, शिल्पी समुदायमा रुपान्तरण–छुवाछूत अन्त्य घोषणा, कोहलपुर चोकमा शिव पार्वती धाम घोषणा लगायतका कार्यक्रम गरेको छ ।

कार्यक्रमसंगै विश्व हिन्दु युवा संघ लुम्बिनी प्रदेश अध्यक्षमा सौभाग्य जङ्ग शाहलाई चयन गरिएको छ भने बर्दिया जिल्ला अध्यक्षमा आतिस थापालाई चयन गरिएको छ ।

विश्व हिन्दु युवा संघको आयोजनामा भएको पञ्चगव्य अध्ययन तथा अनुसन्धान केन्द्र भुमीपुजन कार्यक्रममा हिन्दु धर्ममा आस्था राख्ने युवाहरूको उपस्थिति रहेको थियो ।

Previous articleबाँकेको खैरी खोलास्थित जंगलमा सकेट बम फेला
Next articleकोहलपुरमा कोहलपुर कला केन्द्र संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here