
नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा सकेट बम फेला परेको छ । प्रहरीका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नं.२ स्थित खैरी खोलाको जंगलमा उक्त बम भेटिएको हो ।
अगैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बम फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।





