शुरु भयो नेपालगञ्ज स्थित हडिंया बाबाको मेला

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ रामनगर स्थित श्री १००८ हडिंया बाबा आश्रममा आजबाट पाँच दिने मेला शुरु भएको छ ।

प्रत्येक वर्ष लाग्दै आएको मेला यस वर्षपनि आज (आइतबार) मन्दिरमा पुजापाठ गरेर पाँच दिने मेलाको शुभारम्भ गरिएको हो ।

मेलाको शुभारम्भमा मन्दिरमा बिधि बिधान अनुसार पुजापाठ गरिएको छ । आश्रम समितिका अध्यक्ष नन्दलाल बैश्य लगायतको उपस्थितिमा पुजापाठ गरिएको छ ।

आजबाट शुरु भएको मेलामा पाँचै दिनमासम्म दैनिक भजन किर्तन, पुजापाठ, दैनिक भण्डारा (प्रसाद बितरण) र सांस्कृतिक रामायण (रामलिला) नाटक मञ्चन हुने समितिका सदस्य माधवराम बर्माले जानकारी दिनुभयो ।

आयोध्याका कलाकारहरुले रामलीला मञ्चन गर्ने जनाइएको छ । यस मेलामा भारतका बिभिन्न स्थानबाट पुजारीहरुको आगमन समेत हुने गरेको छ । मेला अवलोकन तथा भण्डारा (प्रसाद) ग्रहणका लागि समितिले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

Previous articleकोहलपुरमा कोहलपुर कला केन्द्र संचालन
Next articleक्षेत्र नम्बर १ (क) मा लक्ष्मण र क्षेत्र नम्बर २ (ख) मा जितेन्द्र निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here