क्षेत्र नम्बर १ (क) मा लक्ष्मण र क्षेत्र नम्बर २ (ख) मा जितेन्द्र निर्वाचित

नेपालगन्ज । नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका दुई वटा प्रदेश सभा क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

आइतबार सम्पन्न मतदान पश्चात सार्वजनिक भएको मत परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारु निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी जुगलाल थारुले ११४ मत प्राप्त गर्नुभयो ।

उप-सभापतिमा निर्वाचित हुनु भएका अम्मरबहादुर बुढाथोकीले १२३ र मानबहादुर खड्काले १२४ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्धन्द्धी हरिवंश मौर्यले ११५ र हरिभक्त ओलीले १०९ मत प्राप्त गर्नुभयो ।

सचिवमा निर्वाचित भएका गंगाराम थारुले १२९ र भोलाप्रसाद मुराउले १२० मत ल्याउनु भयो । निकटतम प्रतिद्धन्द्धी कमलराज कार्कीले १११ र गुरुमोरत यादवले ११६ मत प्राप्त गर्नुभयो ।

सह–सचिवमा निर्वाचित हुनु भएका दिलावती थापाले १२६ र बाबुराम कुर्मीले १२४ मत ल्याउनु भयो । उनका निकटतम प्रतिद्धन्द्धी दरोगा शेखले ११४ र समुनदेवी लोहारले १११ मत ल्याएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो । प्रदेश प्रतिनिधीतर्फको गणना अहिले पनि चलिरहेको उहाँले बताउनु भयो ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा जितेन्द्र बहादुर हमाल निर्वाचित हुनु भएको छ । सभापति हमालले १५२ र उहाँका निकटतम प्रतिद्धन्द्धी अखबर अलि दर्जीले ६४ मत प्राप्त गर्नुभयो ।

उप–सभापतिमा निर्वाचित हुनु भएका अभिशेक कुमार श्रेष्ठले १५९ र सुभासचन्द्र गुप्ताले १३२ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्धन्द्धी साहबुद्धिन खाँले ७६ मत प्राप्त गर्नुभयो ।

सचिवमा निर्वाचित हुनु भएका फैयाज हुसेन हल्वाईले १६४ र गोकर्णबहादुर शाहीले १३२ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्धन्द्धी उदयनारायण मिश्रले ६९ मत प्राप्त गर्नुभयो ।

सहसचिव पदमा भने शनिबार नै निर्विरोध भइसकेको थियो । मतदान अधिकृत ऋषिराज शर्माका अनुसार आइतबार भएको मतदानबाट प्रदेश प्रतिनिधीतर्फ(खुल्ला) मा ७, खुल्ला(महिला)मा ३, आदीवासी जनजाती, मधेशी, मुस्लिम अपांग कोटामा १/१ जना निर्वाचित हुनु भएको छ ।

यो प्रेस नोट जारी गर्दासम्म प्रदेश सभा १(ख) र प्रदेश सभा २(क)को मतगणना जारी छ । प्रदेश सभा १(ख) को मत गणना कोहलपुरस्थित सित भण्डारमा चलिरहेको मतदान अधिकृत रुपनारायण विसीले जानकारी दिनुभयो ।

प्रदेश सभा २(क) को मत गणना जिल्ला समन्वय समितिको हलमा चलिरहेको मतदान अधिकृत सुरेशकुमार पर्सेलाले जानकारी दिनुभयो । प्रदेश सभा ३(क) र (ख) मा भने शनिबार (हिजो) नै निर्विरोध भइसकेको छ ।

Previous articleशुरु भयो नेपालगञ्ज स्थित हडिंया बाबाको मेला
Next articleकल्पना पौडेल “जिज्ञासु” को ‘बिद्रोहका तरङ्ग’ कृतिको समिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here