
प्रहलाद विश्वकर्मा
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ६ दिने समुदायमा आधारित आपत्कालीन प्रतिकार्य समुह (सि.वी.इ.आर.टी) तालिम शनिवार नेपालगंजमा सम्पन्न भएको छ ।
समुदायस्तरका स्वयंसेवकहरुको खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धि ज्ञान सीप प्रदान गरी विपद् प्रतिकार्यका लागि क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिम आयोजना गरिएको थियो ।
उक्त तालिममा आधारभूत खोज तथा उद्दार गर्ने विधि, उद्धार सामग्रीहरु प्रयोग, विपद्को अवस्थाको विश्लेषण, आगो र पानीबाट हूने आपत्काल, भारलाई उठाउने र स्थिर पार्ने विधि, महामारीहरु किटजन्य रोगहरु, मनोसामाजिक प्राथमिक उपचार घाइतेको जाँच ९बेहोसी०, मुटु तथा फोक्सो पुनर्सञ्चालन प्रकृया ९सिपिआर०, रक्तश्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास समेत गराइएको थियो ।
उक्त तालिमका क्रममा राप्तीनदीमा कृत्रिम घटना अभ्यास गर्दै सहभागीहरुले दक्षता पूर्वक सीप समेत प्रर्दशन गरेका थियो । २ समुहमा संचालन भएको सो तालिममा नरैनापुर, खजुरा, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका महिला पुरुष गरी ४८ जनाको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको समापन र उदघाटन कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेल, उपनिर्देशक एवं कोर्ष कोर्डिनेटर दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गर्नु भएको थियो भने सहजकर्ताहरुमा नेरेसो बाँकेका निरञ्जना मल्ल, सरिता सिंह, रुपन ज्ञवाली, प्रहलाद विश्वकर्मा, झवीलाल शर्मा, सीता वली, धनराज बुढाथोकी र शुशिल चौधरी रहनु भएको थियो ।





