
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।
भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । गुप्ताले २३९ र बिरेन्द्र शाहले १९१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याउनुभएको छ ।
यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिनुभयो । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।
उक्त क्षेत्रमा रहेका कुल ४ सय ५१ जना मतदाता मध्ये ४ सय ४० मत खसेको थियो ।





