स्थानिय शिक्षा नीति निर्माण कार्यशाला सम्पन्न

बर्दिया । प्लान इन्टरनेशन नेपाल सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा शिक्षा बिकास तथा समन्वय इकाई बर्दिया र बर्दिया जिल्लाका ८ वटै स्थानिय तहको समन्वयमा स्थानिय शिक्षा नीति निर्माण कार्यशाला बर्दिया जिल्लाको ठाकुद्धारामा सम्पन्न गरिएको छ ।

तीन दिनसम्म संचालन भएको कार्यशालामा स्थानिय तहले शिक्षामा गरेका राम्रा असल अभ्यासहरुको सिकाइ आदान प्रदान गुर्नूका साथै आठ वटा स्थानियतहको शिक्षा निति ड्राफ तयार गरिएको छ ।

तयार गरिएको मसौदालाइ कार्यपालीका देखि अनुमोदनका लागी माध महिनाको पहिलो हप्ता भित्र कार्यपालीका समक्ष पेश गर्ने गरि कार्ययोजना निर्माण गरिएको छ ।

कार्यशाला समापन सत्रमा ठाकुरबाबा नगरपालीका शिक्षा शाखा प्रमुख सिता भण्डारीले प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र शिक्षा बिकास तथा समन्वय इकाइ र ८ वटा स्थानिय तहको समन्वयमा जिल्ला तहका सबै स्थानियतहको शिक्षा निति एकरुपता ल्याउनका लागी गरिएको जमर्काे प्रति बिषेश धन्यबाद दिनुभयाे ।

ठाकुरबाबले २० बर्षे गुरुयोजना निर्माण गरेको र सोहि अनुसार यस कार्यशाला बाट निर्माण गरिएको शिक्षा नितिलाइ निर्माण गरिएको कार्ययोजना अनुसार कार्यपालीका समक्षपेश गरि नितिलाइ पास गरिने बताउनु भयो ।

३ दिन सम्म संचालन भएको कार्यशालामा बर्दिया जिल्लाका ८ बटा स्थानिय निकायका शिक्षाशाखा प्रमुख एवम प्रतिनिधि सामाजिक बिकास समितीका पदाधिकारी, शिक्षा समितीका पदाधिकारीहरु जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको छ ।

मंसिर १० देखि १२ सम्म संचालन भएको कार्यशालामा सहजिकरण डा हरि प्रसाद पोखरेल, जगत बहादर आलेमगर, प्लान इन्टरनेशनल नेपालका सिकाइ परियोजना बिज्ञ बेद प्रसाद डागींले गर्नुहुने जानकारी परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleकोभिडका कारण साउदीले रोक्यो सात देशहरूको उडान
Next articleसिटीइभिटीका शिक्षण संस्थामा १५ % छुटको माग गर्दै विद्यार्थीद्वारा आन्दोलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here