
नेपालगन्ज । सिटीइभिटीबाट मान्यता प्राप्त नेपालगन्जका शिक्षण संस्थाहरुका सयुंक्त विद्यार्थीले १५ प्रतिशत छुटको माग गरेका छन् ।
सिटिइभिटीले भदौको ९ गते गोरखा पत्रमा प्रकाशित सूचना अनुसार वैकल्पिक माध्यमबाट पठनपाठन भएको अवधिभर सम्मका लागि सम्पूर्ण कजेजलाई १५ प्रतिशत शुल्कमा छुट दिने भनिए पनि त्यसको सुनुवाई अहिलेसम्म पनि नभएपछि त्यसको माग गर्दै विद्यार्थीले मंगलबार आन्दोलन गरेका छन् ।
सिटीइभिटीले यसको सुनुवाई नगरेसम्म आन्दोलन जारी रहने विद्यार्थी हरुको भनाई छ ।
नेपालगञ्ज को रामलिला मैदान बाट सुरु गरेको आन्दोलन कलेज अफ अलाइड, नेपालगञ्ज टेक्निकल कलेज, बाट वि पि चोक हुदै भेरी टेक्निकल स्कूल हुदै कैलपाल कलेज एण्ड हस्पिटल सम्म विद्यार्थी हरुले १५ % को माग गर्दै विरोध गरेका हुन ।





