एम पी स्कुलका बिद्यार्थीहरुले गरे नीलसागरमा सहयोग

नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले शुक्रबार नीलसागर बृद्धाश्रमलाई सहयोग गरेका छन् । बिद्यालयमा रहेका सासाना बालबालिकाहरुले आफैले अरुलाई सहयोग गर्नुपर्छ भन्ने सोंचका साथ बृद्धाश्रममा गएर सहयोग गरेका हुन ।

बिद्यार्थीहरुले आफ्नो खाजा रकमबाट नीलसागरमा कपि कलम, बिस्कुट र फलफुल बितरण गरेर अन्य बिद्यार्थीहरुमा समेत सहयोगी हुनुपर्ने भावना जागृत गरेको शिक्षक इन्दर सिंह डाँगीले जानकारी दिनुभयो ।

‘बिद्यार्थीहरु आफैले हामी सहयोग गर्न चाहन्छौं भन्ने योजना ल्याएपछि हुन्छ धेरै राम्रो काम हो, मैले भने’ शिक्षक डाँगीले भन्नुभयो, ‘त्यसपछि सबै जना मिले, सहयोग गर्ने सामाग्री पनि किने र शुक्रबार बृद्धाश्रममै गएर बितरण पनि गर्यौं ।’

‘बिद्यार्थीहरुमा यस्तो खालको सहयोगी भावना जागृत हुनु आफैमा उत्कृष्ठ कार्य हो,’ शिक्षक डाँगीले भन्नुभयो, ‘उनीहरुको यो कार्यले अरुलाई पनि प्रेरित गर्छ । उहाँका अनुसार दैनिक जसो पाउने खाजा रकमबाट बचाएको पैसाले नै उनीहरुले सहयोग सामाग्री खरिद पनि गरेका हुन । नीलसागरमा पुगेर बिद्यार्थीहरुले सामाग्री सहयोग गर्नुका साथै सरसफाई पनि गरेका छन् ।

सहयोग गर्न पुगेर बिद्यार्थीहरुलाई बृद्धाश्रममा रहेका आमा बुबाले अर्शिवाद प्रदान गरेका थिए ।

Previous articleप्रथम प्याब्सन नेपालगन्ज अण्डर-१४ फुटवल प्रतियोगिता शुरु
Next articleदैनिक दुई लाखलाई कोरोना खोप लगाउने सरकारको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here