
नेपालगञ्ज । नेपालका लागि नेपाली पार्टी बाँकेको अध्यक्षमा सुदिप भट्टराई चयन हुनुभएको छ । नेपालगञ्जमा बसेको पार्टीको भेलाले केन्द्रीय सदस्य एवं बाँके संयोजक रहनुभएका भट्टराईलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।
यस्तै कोहलपुरमा बसेको भेलाले कोहलपुर नगर कमिटी गठन गरेको छ । पार्टीका सदस्य प्रकाश जंग कुवँरको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको जनाएको छ ।
नगर कमिटीको उपाध्यक्षमा प्रदिप बहादुर सुनार (पुर्ण सुनार) र सचिवमा लक्ष्मण जंग शाहलाई चयन गरिएको छ ।
यस्तै जगननाथ गौतम, पुस्कर नाथ योगी, जनकराज उपाध्याय, र बिनय स्वार सदस्यमा रहनुभएको छ भने गोपाल गिरी, मतीलाल शाही र कृष्ण बुढाथोकी समितिको सल्लाहकारमा चयन हुनुभएको छ ।





