
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ स्थित हजरत कम्मरशाह मजारमा लाग्ने मेलालाई व्यवस्थित बनाउन समिति गठन गरिएको छ ।
मजारमा सोमबार बसेको एक भेलाले आरिफ खानको संयोजकत्वमा २१ सदस्यीय मेला संचालन तथा व्यवस्थापन समिति गठन गरिएको हो ।
कम्मरशाह मजारमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकाले मेलालाई व्यवस्थित बनाउन समितिलाई जिम्मेवारी दिइएको छ ।
कम्मरशाहमा यही पुष ८ गतेदेखि ११ गतेसम्म चार दिने मेला आयोजना गर्ने समितिले निर्णय गरेको छ ।
गुठी संचालक समितिका अध्यक्ष सगिर खाँको अध्यक्षतामा बसेको बैठकले मेला संचालनका लागि जिल्ला प्रशासन कार्यालयसंग समन्वय सहकार्य गर्ने निर्णय भएको संचालन समितिका सदस्य सईद खाँले जानकारी दिनुभयो ।
यस्तै केही वर्ष यता गुठी समिति नविकरण नभएको हुँदा सो नविकरण पनि गर्ने निर्णय गरिएको छ ।





