
नेपालगञ्ज । बुटवलबाट नेपालगञ्ज आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
बिहीबार साँझ, नेपालगञ्ज आउँदै गरेको ना ६ ख ६८६१ नम्बरको यात्रुवाहक कोहलपुर नगरपालिका वडा नं १४ पावर्तीपुरस्थित मन्दिर अगाडी दुर्घटना हुँदा सात जना घाइते भएका हुन ।
इलाका प्रहरी चौकी हवल्दापुरका प्रमुख चिन्कु चौधरीका अनुसार बस अगाडी आएको गोरुलाई जोगाउने क्रममा चालकले बे्रक लिएपछि बस दुर्घटना भएको जानकारी भएको छ ।
बिहीबार साँझ करिब पौने आठ बजे दुर्घटना भएको खबर भएको र प्रहरी त्यहाँ पुग्दा दुर्घटनामा बसमा सवार सातै जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाइएको चौकी प्रमुख चौधरीले जानकारी दिनुभयो ।
यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घनाग्रस्त बस बुटवलबाट बिहान हिडेको थियो ।





