बागेश्वरी असल शासन क्लब २२ औं बर्षमा प्रवेश

नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध देशब्यापी रुपमा क्रियाशिल संस्था आज देखि २१ बर्ष पुरा गरी २२ औं बर्षमा प्रबेश गरेको छ ।

२१ बर्ष पुरा भएको अवसरमा आज बासले संस्थाको २१औं बार्षिकोत्सब समारोह नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ । बार्षिकोत्सबलाई भब्यताका साथ मनाउदै संस्थाले विभिन्न सास्कृतीक कार्यक्रम, मन्तब्य, सम्मान लगायतका कार्यक्रमहरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सब समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि डा. राणाले २१ बर्ष पुरा गर्दै गर्दा बास देश ब्यापी रुपमा भ्रष्टाचार बिरुद्धको अग्रणी संस्थाको रुपमा स्थापित भएकोमा बधाई ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो बास देशभर परिचित भईसकेको छ नेपालगन्जमा बास नभए कस्तो होला भन्ने भईसकेको छ । देश भ्रष्टाचारमा रुमल्लिरहेको अवस्थामा बास जस्ता संस्थाहरु अगाडी आएर भ्रष्टाचार, बिकृती, बिसंगति बिरुद्ध थप सशक्त रुपमा लड्न आवश्यक रहेको छ ।

लामो समयदेखि समाज सेवामा क्रियाशिल युवा संस्था बासले आगामी दिनमा देशभरी प्रभाव फैलाउन सफलहोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले राज्यको आर्थिक पारदर्शिताको पाटोमा बासको भूमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा थप सशक्त रुपमा अगाडी बढोस भन्ने सुवेक्षा ब्यक्त गर्नुभयो ।

यसैगरी बासका सल्लाहकार पूर्णलाल चुकेले भ्रखरै बामे सर्दै गरे देखि चिनेको संस्था बास अब दौड्दै अगाडी बढीरहेकाले कसैले पनि बासको पाईला रोक्न नसक्ने बताउनुभयो । सुशासन र पारदर्शिता कायम गर्न बास सक्रिय रहेको बताउदै आगामी दिनमा थप सशक्तरुपमा अगाडी बड्न सफल होस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ ।

कोभिड १९ न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु श्रेष्ठलाई सम्मान गरिएको छ । भने बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तराष्टिय दिवसको अवसरमा मंसिर २३ गते नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज वाकाथनमा सहयोग तथा सहकार्य गर्ने संस्था, निकाय तथा ब्यक्तिलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बासका पूर्व स्वयम् सेवक संयोजकहरुलाई सम्मान गरिएको थियो । बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा सास्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी ३ सय बढीको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्ज आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
Next articleबासका ४ जना कर्मचारी र ३ वटा शाखा उत्कृष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here