पौष २१ गते नेपालगन्जमा स्लो बाईक प्रतियोगिता

नेपालगञ्ज । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ ।

बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा सो प्रतियोगिता पौष १२ गते हुने भएको छ ।

तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियम को पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले स्लो बाईक प्रतियोगिता गर्न थालिएको हो ।

आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुजसो दूर्घटनाका घट्ना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण रहेको विश्वास लिईएको छ ।

नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत समेत फर्म भर्न सक्ने ब्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज १० भृकुटीनगरमा समेत नाम दर्ता गर्न सक्ने ब्यवस्था गरिएको छ ।

यसरी प्रतियोगिताका बिजेतालाई नगद सहित प्रमाणपत्रको ब्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना एक जनालाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार तथा प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा मोटरसाईकल र स्कुटर जुनसुकै साधनको पनि प्रयोग गर्न सकिने छ भने प्रतियोगिसँग लाईसेन्स र प्रयोगगर्ने मोटरसाईकल कण्डीसनमा रहेको हुनुपर्नेछ ।

Previous articleसामाजिक अभियन्ताहरु सम्मानित
Next articleनेपालीहरु सबै प्रकारका खेल खेल्न सक्षम : खेलकुद मन्त्री अथक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here