सामाजिक अभियन्ताहरु सम्मानित

नेपालगञ्ज । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सामाजिक अभियन्ताहरुलाई स्वागत तथा सम्मान गरेको छ । महासंघको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महासंघ बाँकेले महासंघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गैससकर्मी धर्मलाल रोकाय, भारतमा ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सम्मानित सामाजिक अभियन्ता मिना पराजुली, ‘डा.अम्बेडकर एक्सिलेन्स सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता रवि तुलाधार र डा अम्बेडकर कलाश्री सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता बेद प्रकाश शर्मालाई स्वागत, सम्मान गरेको हो ।

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकायले सामाजिक मुद्धामा कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता मिना पराजुलीले सामाजिक कार्यमा लागिरहँदा अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

सचिव आशिष बर्माले संचालन गरेको कार्यक्रममा सम्मानित हुने व्यक्तिहरुलाई गैससकर्मीहरुले खादा, माला लगाएर स्वागत गरेका थिए ।

Previous articleबर्दियाली तीन युवाहरुले सन्चालनमा ल्याए अतिथि वाईन डाईन कटेज
Next articleपौष २१ गते नेपालगन्जमा स्लो बाईक प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here