नेपालगञ्ज कारागारका कैदीका लागि कम्बल प्रदान

नेपालगञ्ज । शितलहर तथा चिसो बढेपछि नेपालगञ्जस्थित कारागारका कैदीहरुका लागि कम्बल प्रदान गरिएको छ ।

चिसो बढेपछि कैदीहरुलाई प्रयोग गर्नका लागि भनेर नेपाल रेडक्रस सोसाईटी बाँकेले कारागारलाई बुधबार ३० थान कम्बल प्रदान गरेको हो ।

रेडक्रसले जिल्ला विपद व्यवस्थापन समितिमार्फत प्रदान गरिएको कम्बललाई समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्री, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तवले जेलर राम कुमार सोनकरलाई सो कम्मल हस्तान्तरण गर्नुभयो ।

यस्तै जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमार्फत १५ थान पि फर्म पनि हस्तान्तरण गरिएको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

Previous articleअपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणमा संवाद
Next articleचिसोमा जीवन रक्षाको माग गर्दै प्रशासनमा ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here