चिसोमा जीवन रक्षाको माग गर्दै प्रशासनमा ज्ञापन

नेपालगन्ज । चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकषर्ण गराइएको छ ।

बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।

अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुने गर्दछ । सो कुरालाई मध्यनजर गर्दै ५ बुदे ध्यानाकषर्ण गराइएको हो ।

शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायबारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शितलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शितलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पुर्वतयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्युनीकरण तथा ब्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारवाहीलाई अघि बढाउन माग गरि सोको कार्यन्वयनका लागि ध्यानाकषर्ण गराइएको हो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ध्यानाकषर्ण गराएको छ । यसैविच बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बर्दिया नागरिक समाजका अगुवाहरुको एक समुहले ज्ञापनपत्र बुझाएको छ ।

Previous articleनेपालगञ्ज कारागारका कैदीका लागि कम्बल प्रदान
Next articleदर्शकको प्रतिक्रिया बुझ्न सोनासहित ‘चुरीफुरी’ टोली पोखरामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here