नगरस्तरीय किशोरी संजालको अध्यक्षमा नेलिशा गिरी निर्वाचित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्तरीय किशोरी संजालको अध्यक्षमा नेलिशा गिरी चयन हुनुभएको छ । नेपालगञ्जमा बुधबार भएको किशोरी भेलाले सर्वसहमतिबाट नेलिशा गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

१५ सदस्यीय नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा देव्यानी अधिकारी, सचिवमा स्नेहा शाह, सहसचिवमा रोशिमा राना मगर र कोेषाध्यक्षमा नन्दकली रोकाया रहनुभएको छ ।

यस्तै सदस्यहरुमा सुरक्षा गोडिया, शर्मिला आर्या, प्रकाशनी कोरी, सबिना बानो, मोसिमा अन्सारी, कमर जहाँ साई, सम्झना खड्का, रोशनी कोरी, शहनाज खाँ र ताजरुन बेहना चयन हुनुभएको हो ।

भेलाको उद्घाटन शत्रमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अहिलेदेखि नै संगठित हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उत्कृष्ट समाज बनाउनका लागि किशोरीहरुको भूमिका महत्वपूर्ण रहने समेत बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको उद्घाटन शत्रमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, उपमहानगरपालिका सामाजिक बिकास महाशाखा उपसचिव शोभा शाह, गैरसरकारी संस्था महासंघ बाँके अध्यक्ष नमस्कार शाह, सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेका कार्यक्रम प्रबन्धक जगदिश थापा, बाँके युनेस्को क्लबकी बिनिता श्रेष्ठ, सिविन नेपालकी आशा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

महाशाखा उपसचिव शाहले स्वागत मन्तब्य राख्नुभएको थियो भने किशोरी संजालकी अध्यक्ष पुजा बर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो । बर्माको अध्यक्षमा भएको बन्दशत्रपछि निर्वाचित नयाँ कार्यसमितिलाई पद समेत हस्तान्तरण गरिएको छ ।

Previous articleनेपालगञ्जमा औषधी व्यवस्थापन अनलाईन प्रणाली शुरु
Next articleनौवस्तामा आँखा शिविर, ४७ जनामा मोतियाबिन्दु

1 COMMENT

Leave a Reply to pooja verma Cancel reply

Please enter your comment!
Please enter your name here