
नौवस्ता । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ को वडा कार्यालय नौवस्तामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
बृहत निःशुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार वडा नं ३ को वडा कार्यालय नौवस्तामा शिविर संचालन गरिएको हो ।
शिविरमा १८३ जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधी उपलब्ध गराइएको छ भने ४७ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेजकोहली रुइत फाउण्डेशनको संयुक्त सहकार्यमा बैजनाथ गाउँपालिकामा सञ्चालन हुदैछ ।
पौष १५ गते बैजनाथ गाउँपालिका वडा नं ४ को वडा कार्यालय बनियाभारमा निःशूल्क शिविर सञ्चालन समेत हुने भएको छ ।





