प्रथम बैजनाथ अन्तर बिद्यालयस्तरीय वक्तृत्कला प्रतियोगिता हुँदै

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकामा अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

बैजनाथ वडा नं ७ स्थित रेडियो फेमस एफ एम ९४.३ मेगाहर्जको आयोजना एवं बैजनाथ गाउँपालिका शिक्षा शाखाको समन्वय सहकार्यमा पौष १५ गते बिहीबार प्रथम बैजनाथ गाउँपालिका अन्तर बिद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता २०७८ हुने भएको हो ।

कार्यक्रममा बैजनाथ गाउँपालिकामा संन्चालित नीजि तथा सामुदायिक बिद्यालयहरुका ८ देखि १० कक्षाका छात्र छात्राहरुले सहभागी जनाउने छन् ।

सहभागी हुने छात्र छात्राहरुले संन्चारमा सबैको पहुँच, अब बोल्ने छ, बैजनाथ भन्ने मुल नाराका साथ विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरका कारण नेपालको शिक्षामा परेको असर वक्तृत्वकलाको बिषय तय गरिएको छ ।

करिव ४० बिद्यालयहरुबाट बिद्यार्थी सहभागी हुने प्रतियोगिताका बिजेताले नगद रु आठ हजार, ट्रफि तथा प्रमाणपत्र, द्वितीय हुनेले नगद रु पाँच हजार हजार, ट्रफि तथा प्रमाणपत्र र तृतीय हुनेले नगद रु तीन हजार, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने एफ एमका कार्यक्रम संयोजक कुशल दलामीले जानकरी दिनुभयो ।

Previous articleनौवस्तामा आँखा शिविर, ४७ जनामा मोतियाबिन्दु
Next articleसुन जस्तो देखिने धातुसहित बाँकेमा दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here