
बाँके । बाँकेमा बुधबार ६ जना डिस्चार्ज हुँदै छन् । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज आदर्शनगरस्थित आईशाेलेशन सेन्टर र खजुरास्थित क्यान्सर अस्पतालबाट ६ जना डिस्चार्ज हुन लागेका हुन । आदर्शनगर सेन्टरबाट खजुराका ४ र नेपालगन्ज २१ का १ जना पुरूष घर जान लागेकाे र क्यान्सर अस्पतालबाट खजुराकै १ जना महिला जान लागेकाे बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म जिल्लामा २७९ जना डिस्चार्ज भईसकेका छन् । जम्मा बिरामी ४०५ जनामध्ये अब आईशाेलेशनमा २४ जना बचेेका छन्





