सावधान ! लापरवाही तरिकाले पार्किङ गर्नेलाई कारवाही शुरु

बाँके । नेपालगञ्जम अब पार्किङमा कडाई गरिने भएको छ । प्रहरीले लापरवाही गर्नेलाई कारवाही गर्ने भएको छ ।

यही क्रममा मंगलबार नेपालगञ्जमा लापरवाही तरिकाले पार्किङ गरिएका सवारी साधनलाई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्त रुपमा शुर गरेको कारवाही अभियानका क्रममा नेपालगञ्जको धम्बोझी देखि बिपी चोकसम्म लापरवाही तरिकाले पार्किङ गरिएका सवारी साधानको व्हिल लकद्धारा कारवाही शुरु गरेको हो ।

बाँके प्रहरी प्रवक्ता सुवास खड्काका अनुसार मंगलबार लापरवाही तरिकाले राखिएका त्यस्ता आठ सवारी साधानलाई कारवाही गरिएको छ । अबदेखि यो अभियान नियमित रुपमा संचालन हुने समेत प्रहरीले जनाएको छ ।

Previous articleमृत्युको ३ दिनपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी
Next articleनेपालगन्ज र खजुराका ६ जना डिस्चार्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here