कुर्मी नेपाली कांग्रेस बाँकेको सभापतिको बलियो दाबेदार

नेपालगन्ज । नेपाली काँग्रेस बाँके जिल्लाको २७ गते हुने अधिबेशनमा संविधान सभा सदस्य बादशाह कुर्मी सभापतिको बलियो उम्मेदवार देखिनुभएको छ ।

निर्मला कुर्मी जग्गा प्रकरणमा आफ्नो ब्यक्तिगत रिसका कारण बदनाम गराउने काम भै रहेको र घटनामा आफ्नो कुनै सङ्ग्लनता नै नरहेको भएपनि त्यो आरोप लगाएर मेरो चरित्र हत्या गर्ने काम भै रहेको उहाँले दावी गर्नुभयो ।

प्रहरीले अनुसन्धान गरिरहेको छ, कुर्मीले भन्नुभयो, सत्य के हो सबैले बुझिसकेको कुरा हो, निर्मला कुर्मीलाई अपहरण गरिएको कुरामा कुनै सत्यता छैन ।

निर्मला कुर्मी आफ्नो खुशीले भारतमा बिवाह गरि बस्दै आएको र उनको काल गतिले मृत्यु भएको निर्मला को दोस्रो भारतीय श्रीमान र त्यहाँको निर्वाचित प्रधानले पुष्टि गरि सकेको हुनले आफ्नो नाम जोडेर अनावश्यक आन्दोलन गर्न खोजिएको सविधान सभा सदस्य कुर्मीले स्पष्ट पार्नुभयो ।

निराधार आरोप लगाएर बादशाहलाई बदनाम गराएर जिल्ला सभापतिको उम्मेदवारीबाट ब्याक गराउन लागि परेका केही आफ्नै पार्टीका साथीहरुको सपना पूरा नहुने र प्रधानमन्त्री शेर बहादुर देउवाको आधिकारिक उम्मेदवार बादशाह कुर्मी नै हुने स्रोतले जनाएको छ ।

बाँके जिल्ला मधेशी बहुल्यता जिल्ला भएको र कुर्मी जिल्ला उपसभापति भइ पार्टीको सङ्गठनलाई बलियो बनाउदै आई रहेको कुर्मीकै नेतृत्वमा बाँकेमा नेपाली काङ्ग्रेसलाई बलियो बनाउन सकिने कुरा बताउँदै कुर्मीलाई नै जिल्ला सभापति बनाउनु पर्ने नेता तथा बुद्धिजिविहरुको चाहना रहेको छ ।

नेपाली काङ्ग्रेसको राजनीतिमा आफ्नो जीवन सुम्पिएका कुनै राजनीतिक फाईदा नलिएका लोकप्रिय नेता कुर्मीलाई बाँके सभापति बनाउनको लागि कार्यकर्ताहरुले माग गर्दै आई रहेका छ्न ।

Previous articleसन-२०२१ मा निवेदन परेकामध्ये २०३ जना मात्र फेला
Next articleब्राउन सुगरसहित पाँचजना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here