सन-२०२१ मा निवेदन परेकामध्ये २०३ जना मात्र फेला

नेपालगन्ज । हराएका मध्ये फेला पर्नेको संख्या एकदमै कम महिला तथा बालबालिका फेला पर्ने गरेको देखिएको छ ।

हराएको भनि खोजतलासको निवेदन दिएका ५२५ मध्ये २०३ जनामात्र फेला परेका छन् ।

मानव बेचविखन तथा ओसार पसारमा परेको भन्दै खोजतलासका लागि निवेदन दिएका मध्ये ३२२ जना महिला तथा बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताउनुभयाे ।

‘खोजतलासका लागि निवेदन परेको मध्ये ३२२ जना कहाँ छन् भन्ने एकिन जानकारी छैन,’ उहाँले भन्नुभयाे ।

उहाँले सन् २०२१ मा श्रम तथा यौन शोषणमा परेका ११ जना महिला र बालबालिकाको भारतबाट उद्धार गरिएको जानकारी दिनुभयाे ।

भारतको विभिन्न सहरमा तीन जना पुरुष बन्धकको रुपमा रहेको बताउँदै उहाँले कानुनी जटिलताका कारण उद्धारमा समस्या आएको बताउनुभयाे ।

एक बर्षको अवधिमा नेपालगन्ज नाकाबाट चार सय ३४ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरि घर फिर्ता पठाएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘जोखिमपूर्ण यात्रामा रहेका चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।’

उहाँले मानव अंग खरिद-विक्री गर्ने चलन पश्चिम नेपालमा नभए पनि गर्भाशय भाडामा दिने क्रम बढेको बताउनुभयाे ।

उहाँले गर्भाशय भाडामा दिने महिलाहरु खुल्न नचाहेका कारण एकिन तथ्यांक आउन नसकेको जिकिर गर्नुभयाे ।

गर्भाशय भाडामा दिएका मध्ये दुई–तीन जना सम्पर्कमा छन् । एकजनालाई ट्राइलको रुपमा लिएर अगाडी बढेका छौँ,’ उहाँले भन्नुभयाे ।

माइती नेपालका अनुसार, मानव बेचविखनको सवैभन्दा जोखिम जिल्लामा बाँके, सुर्खेत र दाङ रहेका छन् ।

सन् २०२१ मा सुर्खेतका ६५, दाङका ६१, बाँकेका ५६ र बर्दियाका ४६ महिला र बालबालिका जोखिमपूर्ण यात्रामा रहेकालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएकाे तथ्यांकमा उल्लेख छ । स्राेत : गाेचालीखबर

Previous articleसभापतिका उम्मेदवार गाैडेल समूहद्वारा सम्पर्क कार्यालय स्थापना
Next articleकुर्मी नेपाली कांग्रेस बाँकेको सभापतिको बलियो दाबेदार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here