बर्दियामा २५० बढि घर डुबानमा, पसेका पशुचौपाया र व्यक्तिहरुको उद्धार

बर्दिया । लगातार परिरहेको पानीका कारण जिल्लाका २५० बढि घर डुबानमा परेका छन् ।

जिल्लाको राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका अन्तगर्तका नदी तथा खोलाहरुमा पानी बढेपछि बिभिन्न बस्ती डुबानमा परेका हुन् ।

बाढीबाट कुनै मानवीय क्षति नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

कर्णाली नदीमा पानीको बहाब बढेसँगै आएको बाढीबाट बर्दियाको राजापुर नगरपालिका वडा नं.–१ सबैभन्दा बढी प्रभावित बनेको छ । वडाका झन्डै ९० घर डुबानमा परेका छन् ।

यस्तै ठाकुरबाबा नगरपालिकाका बिभिन्न ठाउँहरु समेत लजमग्न भएका छन् । घरहरु डुबानमा परेपछि नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटीले पशु चौपाया तथा मानिसहरुको उद्धार गरेको छ ।

Previous articleनेकपा अध्यक्षद्वयलाई १५२ जनाको पत्र पेश, केन्द्रीय कमिटी बैठक बोलाउन माग
Next articleबाँकेको खजुरामा युवाबीच झडप, एक घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here