बाँकेको खजुरामा युवाबीच झडप, एक घाइते

सांकेतिक तस्बिर

बाँके । खजुरामा बुधबार युवाबीच झडप भएको छ । झडपमा परि एक युवा घाइते भएका छन् ।

बुधबार दिउँसो करिब एक बजेको समयमा खजुरा गाउँपालिका वडा नं–३ स्थित बजारमा भएको झडपमा परि बिचु भनिने विजय खत्री घाइते हुनुभएको हो ।

उहाँको निधारमा खुकुरी प्रहार गरिएको छ । खत्रीको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

ठेक्कापट्टाको कमिशन रकम बाँडफाँडको विषयलाई लिएर युवाबीच झडप भएको बुझिएको छ । तर प्रहरीले भने आफुहरुलाई सो बिषयमा जानकारी नभएको बताएको छ ।

पहिलेदेखिको रिसिईबीका कारण यवाबीच त्यस्तो भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषण थपलियाले जानकारी दिनुभयो ।

घट्नाका पिडित र पिडक एकै समूहका हुन । घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलाय बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक सुवास खड्काले बताउनुभयो ।

प्रहरीले २ वटा माेटरसाईकल र एक थान खुकुरी समेत बरामद गरेको छ ।

Previous articleबर्दियामा २५० बढि घर डुबानमा, पसेका पशुचौपाया र व्यक्तिहरुको उद्धार
Next articleथप पाँच जना घर फर्किदै, डिस्चार्ज हुनेको संख्या बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here