लुम्बिनी प्रदेशमै पहिलो बारबर्दियामा १० वर्षे शिक्षा योजना निर्माण

नेपालगञ्ज । लुम्बिनी प्रदेश तथा बर्दिया जिल्लाकै पहिलो स्थानीय तहका रुपमा बारबर्दिया नगरपालिकाले १० वर्षे शिक्षा योजनाको बिमोचन गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले भर्चुअल माध्यमबाट बिहीबार १० वर्षे शिक्षा योजना बिमोचन कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँले नमूना शिक्षाको शुरुवात गरेको र यो कार्य एकदमै महत्वपुर्ण रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले यो योजना कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न समेत तयार रहने प्रतिबद्धता जनाउनुभएको छ ।

बरबर्दियाका मेयर दुर्गा बहादुर थारु (कबिर) ले १० वर्षे शिक्षा योजना कार्यान्वयनका लागि नगरपालिकामा रहेका सम्पुर्ण बिद्यालय, अभिभावक, जनप्रतिनिधि र शिक्षासंग सम्बन्धित सरोकारवालाहरुको भूमिका रहनुपर्ने बताउनुभयो । उहाँले बारबर्दियाको शिक्षा बिकासका लागि खाका तयार गरिएको र यसको कार्यान्वयनले नै यहाँको शिक्षामा फडको मार्न सकिने बताउनुभयो ।

उहाँले योजना निर्माणमा सहयोग गर्ने प्लान नेपाल र स्याक नेपाललाई धन्यवाद समेत दिनुभयो । प्लान इन्टरनेशनल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको प्राबिधिक सहयोगमा १० बर्षे शिक्षा योजना र शिक्षा नीति तयार गरिएको हो ।

उपमेयर अन्जु दहित, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, शिक्षासंग सम्बन्धित संघ संगठनहरु, बिद्यालयका प्रधानाध्यापकको उपस्थितिमा बिमोचन गरिएको कार्यक्रममा नगरपालिकाले बारबर्दियाको शैक्षिक सुधारमा अमुल्य योगदान पुर्याएको भन्दै प्लान नेपाल र स्याक नेपाललाई सम्मान समेत प्रदान गरेको छ ।

स्याक नेपालका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मालाई प्रमाण पत्रमार्फत सम्मानित गरिएको थियो । यस्तै बारबर्दिया नगरपालिकाको शिक्षा बिकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान प्रदान गरिएको छ ।

Previous articleनेपालगञ्जको जमुनाहाबाट बेवारिसे तीन थान मुर्ति फेला
Next articleमहिला उद्यमी संघको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here