नेपालगञ्जको जमुनाहाबाट बेवारिसे तीन थान मुर्ति फेला

नेपालगञ्ज । प्रहरीले नेपालगञ्जको जमुनाहाबाट बेवारिसे मुर्ति फेला पारेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ जमुनाहबाट बेवारिसे मुर्ति फेला पारेको हो ।

प्रहरीले फेला परेको मुर्ति कार्यालय ल्याइएकोमा कुनै मठ मन्दिर, संघ संस्था तथा कोहि व्यक्तिको चोरी वा हराएको भएमा आवश्यक प्रमाण सहित कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।

शिव पावर्ती, माता दुर्गासहितको ३ थान फेला परेको मुर्तीको बारेमा आवश्यक अनुसन्धान समेत भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Previous articleबंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई
Next articleलुम्बिनी प्रदेशमै पहिलो बारबर्दियामा १० वर्षे शिक्षा योजना निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here