स्थानीय पाठ्यक्रम निर्माणका लागि कार्यशाला शुरु

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी शुरु गरेको छ । खजुरा गाउँपालिकाभित्र १ देखि ८ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला संचालन गरिएको छ ।

स्थानीय परिवेश अनुसारका बिषय बस्तुलाई समेटेर पा्ठ्यक्रम निर्माणको खाका तयार गर्नका लागि मंगलबारदेखि नेपालगञ्जमा तीन दिने कार्यशाला संचालन गरिएको हो । कक्षागत हिसाबले शिक्षण कार्यदेखि व्यवस्थापनसम्मका आवश्यक सम्पूर्ण बिषयलाई पाठ्यक्रममा समाबेश गरिनेछ ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि खजुराका सामुदायिक तथा निजी बिद्यालयहरुको सहभागितामा कार्यशाला संचालन गरिएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

२०४९ सालदेखि नै स्थानीय पाठ्यक्रम लागु भएपनि व्यवहारिक रुपमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु हुन सकेको छैन । हालसम्म बिद्यालयहरुले अंग्रेजी, कम्प्यूटर जस्ता लागु गरिरहेको बिषयहरुलाई बिस्थापित गर्दै स्थानीय परिवेश अनुकुलको पाठ्यक्रम निर्माण कार्यान्वयनमा ल्याउन प्रयत्न शुरु गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो ।

पाठ्यक्रम निर्माणमा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजनामार्फत सहयोग गरिएको छ । नेपालगञ्जमा संचालित कार्यशालामा स्थानीय पाठ्यक्रम बिज्ञ पुर्व उपसचिव जित बहादुर शाहले सहजीकरण गर्दै हुनुहुन्छ ।

कार्यशालाको उद्घाटनमा शिक्षा शाखा प्रमुख मल्ल, प्राबिधिक सहायक निर्मल रेग्मी, स्याकका अध्यक्ष शिवलाल पाण्डेको उपस्थिति रहेको परियोजनाका सुपरभाईजर रज्जब अलि बागवालनेले बताउनुभयो ।

Previous articleरोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन
Next articleनेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here