महामारी रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारी जन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरि टिम गठन गरेको छ ।

प्रमुख प्रशासकी अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा बुधबार बसेको नगर स्तरीय जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो । बैठकले जन स्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतको संयोजकत्वमा रेपिड रेस्पोन्स टिम समेत गठन गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जनस्वास्थय आपतकालिन ब्यवस्थापन समिति वडास्तरमा रहेका स्वास्थ्य केन्द्र सम्म गठन गरिने बताउनुभयो । तत्काल कोभिड रोकथाम र नियन्त्रणमा जोड दिइएपनि यसले नियमित रुपमा अन्य समयमा पनि काम गर्ने चन्दको भनाई छ । सम्भाव्य प्रकोप र महामारी रोकथाम र नियन्त्रणका लागि समितिले योजनावद्ध रुपमा विभिन्न पूर्व तयारी समेत गर्ने छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकाका पश्चिम नेपालकै अग्रणी शहर भएका कारण यसले प्रकोश तथा महामारी नियन्त्रणका लागि अन्य स्थानीय तहले अनुशरण गर्ने गरि योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड संक्रमणपछि घरमै आईसोलेसनमा बसेका ब्यक्तिहरुको स्वास्थ्य बारे दैनिक स्वास्थ्यकर्मीले फोनमार्फत जानकारी लिनुपर्ने बताउँदै उहाँले विपदमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैका लागि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताउनुभयो ।

नेपालगञ्जमा हाल ३४० जना सक्रिय संक्रमित रहनुभएको छ । ९३ प्रतिशतले कम्तिमा पहिलो खोप लगाएका छन् । खोप लगाउने लक्षित जनसंख्या एकलाख १७ हजार ३७७ मध्ये ७५ हजार ३५ जनाले पूर्ण खोप लगाएका छन् ।

Previous articleरिक्साको हुड र डिक्कीमा लुकाई भारत लग्न लागिएको सुपारी बरामद
Next articleखेलकुद मन्त्री अथकद्धारा रंगशालाको निरिक्षण, काम अगाडी बढाउन निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here