
नेपालगञ्ज । बाँके प्रहरीले भारततर्फ पैठारी हुन लागेको अबैध सुपारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० बाट बुधबार पाँच बोरा सुपारी बरामद गरेको हो ।
ई रिक्साको डिक्कि र हुडमा लुकाई छिपाई लैजादै गरेको अन्दाजी छयानब्बे हजार रुपैया बराबरको उक्त सपारी रहेको प्रहरीले जनाएको छ ।
सुपारी बोकेको ईरिक्सा सहित बरामद गरी आवश्यक कारवाहीका लागि नेपालगञ्ज कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।





