नगर स्तरीय मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन

बाँसगढी । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति गठन गरिएको छ ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीको अध्यक्ष्यतामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा उपप्रमुख सुष्मा चौधरीको अध्यक्ष्यतामा १९ सदस्सीय मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा न्यायीक समिति, सामाजिक बिकास समिति, इलाका प्रहरी, स्वास्थ, शिक्षा, बाल क्लब, किशोरी क्लब, उधोगी व्यापारी र सामाजिक अगुवा रहेका छन् ।

सो क्रममा बाँसगढी नगरपालिकामा मानब बेचबिखन बिरुद्ध बिभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने र मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी नीतिगत व्यवस्था गरी क्रियासिल बन्ने, बनाउने कुरामा जोड दिएको थियो ।

नगर प्रमुख अधिकारीले मानब बेचबिखन बिरुद्ध रोकथाम, उद्धार, पुर्नस्थापना लगाएतका कार्यक्रमहरु आवश्यक रहेको र मानब बेचबिखन तथा बिभिन्न खालका हिंसाहरुको जोखिम रहेको क्षेत्र, समुदाय पहिचान गरी सोही अनुरुप क्रियाकलापहरु सञ्चालन गर्नका लागी पालिकाले नीतिगत व्यवस्था गरी अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक तुल प्रसाद गौतमले मानब बेचबिखन फरकरुपमा समुदाय स्तरमा भित्रिरहेको र बैदेशिक रोजगारीको नाममा समेत शोषणका घट्नाहरु भईरहेको हुँदा माइती नेपालले मानब बेचबिखन बिरुद्धका कार्य सञ्चालनका लागी नगरपालिकासँग समन्वय गरेकोमा आभार ब्यक्त गर्दै पालिकाले बिभिन्न क्रियाकलापहरु गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाले समाजमा हुने बिभिन्न बिकृति बिसंगती र अपराधहरुको बिरुद्धमा नेपाल प्रहरी, पालिका, समुदाय समेतको सहकार्यमा कार्य गर्नुपर्ने बताउनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख यशोदा थापाले संचालन गर्नुभएको कार्यक्रममा मानब बेचबिखनको बदलिदो स्वरुप, बर्दिया जिल्ला एवं बाँसगढी नगरपालिकाको अवस्था, नीतिगत व्यवस्था समेतका बिषयमा छलफल गरिएको र उक्त छलफललाई माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संघीय कानुन, स्थानीय नीति नियम, राष्ट्रिय समिति, जिल्ला समिति, स्थानीय समितिका बारेमा नीतिगत व्यवस्थाहरुको बारेमा उल्लेख गर्दै पालिकास्तरीय मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यबिधिको मस्यौदा समेत माइती नेपाल नेपालगंजका कार्यक्रम संयोजक केशब कोइरालाले प्रस्तुत गर्नु भएको थियो ।

Previous articleखेलकुद मन्त्री अथकद्धारा रंगशालाको निरिक्षण, काम अगाडी बढाउन निर्देशन
Next articleकोरेक्स, नाईट्रोजेपाम सहित २ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here