कोरेक्स, नाईट्रोजेपाम सहित २ जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लागु औषधका रुपमा प्रयोग भइरहेको २५ बोतल कोरेक्स तथा नाइट्रोजेपामसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज भन्सार कार्यालयमा खटिएका सुरक्षा गार्डले बिहीबार अपरान्ह करिब ४ बजे सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं ६ का ४९ वर्षीय बालकृष्ण गिरीलाई चेकचाँज गर्दा उनको साथबाट २५ बोतल कोरेक्स फेला परेको हो ।

यस्तै गिरीलाई पक्राउ गरि अनुसन्धान गर्दा गिरीले दिएको बयानका आधारमा सुर्खेत बिरेन्द्रनगर वडा नं ६ कै संजय खत्रीलाई पक्रउ गरिएको छ । खत्रीका साथबाट समेत ३५ ट्याबेलेट खुल्ला नाइट्रोजेपाम बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

सुरक्षा गार्डले शंकास्पद रुपमा रहेका गिरीलाई सोधपुछ तथा बोकेको जेब्रा झोला तलासी लिँदा लागू औषध कोरेक्स १०० मि।लिको २५ बोटल फेला परेको र गिरीले उक्त सामान खत्रीले मेरो झोलामा राखीदिएको भनेको आधारमा संजयको समेत खोजतलास गर्दा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ न्युरोड उनी फेला परेका थिए । उनको साथबाट समेत ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको हो ।

प्रहरीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडी बढाईएको छ ।

Previous articleनगर स्तरीय मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन
Next articleखजुरामा घर, जग्गा बिहिनका लागि आवास निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here