धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाएको छ । वालबालिका तथा युवाको समग्र विकासका लागि नगरपालिकाले ५ बुदे प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

शुक्रबार युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा धनगढीमा आयोजित स्थानिय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता बिषयक अन्र्तक्रिया कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ८ का वडाध्यक्ष नारायण बराल लगाएत विभिन्न शाखाका शाखा प्रमुखहरुले संयुक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी बालबालिका तथा युवाहरुले विभिन्न प्रश्न तथा गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी नगर बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले नगरपालिकाबाट बालक्लवहरुको लागि बजेट विनियोजन नभएको गुनासो गर्नुभयो ।

उहाँले बालक्लवहरुले बजेट अभावकै कारण बालक्लवहरुले चाहे अनुसारको काम गर्न नसकेको बताउनुभयो । यस्तै योजना तर्जुमा प्रक्रियामा बालबालिकाहरुको सहभागिता नहुने गरेको बताउनुभयो ।

यस्तै सहभागी प्रविन चन्दले बालक्लवहरुका योजनाहरु नगरको योजना पुस्तिकामा समावेश नहुने र स्थानिय योजना तर्जुमा आफुहरुलाई जानकारी समेत नहुने गुनासो व्यक्त गर्नुभयो ।

अर्का सहभागी सुरज खड्काले बालबाली तथा बिद्यार्थिहरुमा लागु औषध दुव्र्यसनिका समस्या बढ्दै गएकाले नगरपालिले यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो ।

सहभागी युवा कुवेर खड्काले पछिल्लो समय युवापुस्ताहरुमा मानसिक समस्या बढ्दै गएको र यस बिषयमा मानसिक समस्या समाधानको लागि मानसिक शिक्षा सम्बन्धी योजना र लगानि बढाउनुपर्ने बताउनुभयो ।

यस्तै नरगपालिकाले व्यवहारीक तथा गुणस्तरीय शिक्षामा नगरपालिकाले जोड् दिनुपर्ने बताउनुभयो । नगर बाल सञ्जालका सचिव मनिस बोहराले बालबालीकाहरुका लागि विनियोजित भएको बजेट सदुपयोग नहुने गरेको बताउनुभयो ।

सहभागीहरुका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दै नगरपालिका सामाजिक शाखा प्रमुख टंकबहादुर बिष्टले योजना तर्जुमा पक्रियामा टोल र वडा स्तरमा हुने भेलाहरुमा बालबालिकाहरुको सहभागि बढाउने बताउनुभयो ।

उहाँले बालबालिकाका आवश्यकतालाई मध्य नजर गर्दै कति उमेर समुहकालाई कस्ता किसिमका योजनाहरु दिदा उपयुक्त हुने बुझेर योजना छनौट गर्ने बताउनुभयो । यस्तै बालबालीका तथा युवाहरुको समस्यालाई सम्बोधनको लागी आफ्नो शाखाबाट हुनसक्ने सबै काम गर्न तयार रहेको बताउनुभयो ।

यस्तै नगरपालिका युवा तथा शिक्षा शाखाका शाखा अधिकृत अकबर चन्दले शिक्षाका क्षेत्रमा नरगपालिकाले थुप्रै कामहरु गरेको बताउनुभयो । उहाँले बालबालीका तथा युवाहरुको समस्या तथा आवश्यकतालाई ध्यानमा राखेर शाखाले काम गरिरहेको बताउनुभयो ।

उहाँले शाखाबाट भए गरेका सम्पुर्ण कामहरुको विवरण समेत अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गर्नुभयो । कार्यक्रममा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले स्थानिय योजना तर्जुमा बालबालीका तथा युवाहरुको सहभागीता बढाउने बिषयमा आफुहरु सक्रात्मक भएको बताउनुभयो ।

उहाँले नगरका योजनाहरुका बालबालीका तथा युवाहरु समस्या समाधान संगै उनिहरुको समग्र विकासका लागि आफुहरु प्रतिबद्ध गरेको बताउनुभयो ।

नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले दुई बर्षदेखी कोभिडका कारण स्थानिय योजना तर्जुमा बालबालीहरुको सहभागीता न्युन रहेको स्विकार गर्नुभयो । उहाँले आगामी योजना तथा कार्यक्रममा सबै क्षेत्रालाई समेटेर लैजाने बताउनुभयो ।

यस्तै धनगढीलाई बालमैत्री नगर बनाउन आफुहरु लागि परेको समेत मुडभरीले बताउनुभयो । उहाँले युवाहरुका समस्या समाधानका लागि विद्यालयस्तरमा सुधारका कार्यक्रम ल्याउने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धनगढीलाई सुदूरपश्चिमको पहिलो बालमैत्री नगरपालिका बनाउन आफु लागि पर्ने धारणा राख्नुभयो । बाल संरक्षणलाई जिबन्त राख्न सबै क्षेत्रले एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै नीति निमार्ण कर्ताहरुले समेत बालबालीका तथा युवाहरुको बिषयमा कदम चाल्नुपर्ने सुझाउनुभयो । कार्यक्रममा परियोजना संयोजक हेमराज भट्टले कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पार्नुभएको थियो । बास नेपालले अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न पालिकाहरुमा बाल संरक्षणका क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, विभिन्न बालक्लवका पदाधिकारी, युवा सञ्जालका पदाधिकारी र सरोकारवालाहरुको सहभागित रहेको थियो । कार्यक्रमको सञ्चालन बास कैलालीका अध्यक्ष पाण्डव पुजाराले गर्नुभएको थियो ।

Previous articleडुडुवाका २२७० जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण
Next articleनेपालगञ्जका स्वास्थ्य संस्थामा ट्रलिसहितको डष्टबिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here