
नेपालगञ्ज । नेपालगञ्जमा स्वास्थ्य जन्य फोहोर व्यवस्थापनका लागि ट्रलिसहितको डष्टबिन बितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै स्वास्थ्य संस्था र कोभिड १९ हेल्थ डेस्क जमुनाहामा स्वास्थ्य जन्य फोहोर व्यवस्थापनका लागि भनेर शुक्रबार सबै स्वास्थ्य संस्थामा ट्रलिसहितको डष्टबिन बितरण गरिएको हो ।
एस एन भि नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया नेपालगञ्जले स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत शुक्रबार उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाललाई उक्त सामाग्री हस्तारण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रवक्ता रिजालले स्वास्थ्य संस्थाबाट निस्कने फोहोर व्यवस्थापन गर्नुपर्ने जनचेतना फैलनुका साथै यसले प्रयोग भएका स्वास्थ्य जन्य फोहोर सामाग्री व्यवस्थापनमा सहयोग पुर्याउने बताउनुभयो । साथै उहाँले यसरी व्यवस्थापन गरिने फोहोरले संक्रमण फैलनबाट रोक्ने र स्वास्थ्य संस्थालाई समेत व्यवस्थित बनाउन मद्दत पुग्ने बताउनुभयो ।
प्रवक्ता रिजाललाई गेरुवाका कार्यकारी निर्देशक हरि सुबेदीले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको परियोजना संयोजक गफ्फार अलि शेषले जानकारी दिनभुयो । हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, एस एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारी समेतको उपस्थिति रहेको थियो ।
बितरण गरिएको सामाग्रीहरुमा रातो, हरियो, निलो र पहेंलो रंगको ९६ थान डष्टबिन र उक्त डष्टबिन व्यवस्थित तरिकाले राख्नका लागि २४ थान ट्रलि रहेको छ ।





