
हरि अधिकारी, खजुरा । सुचनाको हक जनतालाइ नदिएको र सुचना टास नगरि मनपरी ढंगले काम गरेको भन्दै स्थानीयहरुले खजुरा ८ रनियापुरको वडा कार्यालयमा तालाबन्दी गरेका छन ।
स्थानीयहरूले आईतवारदेख वडा कार्यालयमा तालाबन्दी गरेर सर्वसाधारणलाई सेवा प्रदानमा अवराेध गरेका हुन ।
बुद्धिजिबि, किसान, शिक्षक, स्थानीय ब्यापारीहरुको अगुवाईमा वडाले सेवाग्राहीलाई सेवा नदिएको र जनतालाई सुचनाको हकबाट बन्चित गराएको भन्दै वडा अध्यक्षले जनताको नैसर्गिक अधिकार सुनिश्चित हुनबाट बन्चित गराएकोले तालाबन्दी गर्नु परेको स्थानीय इमरान खानले बताउनुभयाे ।
नेपालमा स्थानीय तह ब्यवस्था लागू भए पश्चात् जनतामा सुचनाको हक अधिकार सुनिश्चित गराउनु पर्नेमा उल्टो नाई नास्ती गरेको आरोप उनिहरुको छ।
खजुरा गाउँपालिका ८ का वडा अध्यक्ष फिरोज खानले आफ्नो वडामा कुनै पनि कार्यक्रम गर्दा सार्बजनिक गरेर नगर्ने गरेको गुनासो स्थानीयले गरेकाे बताउनुभयो ।
वडा अध्यक्ष खानले उठेका सबै कुराहरू निराधार भएको दावी गर्नुभयो । वडा अध्यक्ष खानले केही दिन अघि आवास सम्बन्धिकाे सूचना वडा कार्यालय टाँस गरिएको र सूचना देखेकाले फारम भरेर पठाएकाहरूले विवरण आएपछि हामीलाई किन जानकारी गराईएन भनेर स्थानीयले बिराेध गरेकाे बताउनुभयो ।
उहाँले गाउँपालपकाबाट प्राप्त सूचनालाई हामीले वडा कार्यालयकाे प्राङणमा टाँसेकाे मात हाे, साे बारे आफुलाई केही जानकारी पालिकालाई नै साेध्नुपर्ने बताउनुभयाे ।
दुई दिनदेखि अस्त ब्यस्त रहेको वडा कार्यालयको परिसर भने स्थानीयले घेरिएको छ । हालसम्म कुनै पनि अप्रिय घटना भने घटेको छैन भने घटना नघटाेस भन्नका लागि प्रहरी समेत तैनाथ गरिएको छ ।





