दाङमा माघ मसान्तसम्म विद्यालय सञ्चालन गर्न रोक

दाङ । दाङमा माघ मसान्तसम्म भौतिक रुपमा विद्यालयहरु सञ्चालन नहुने भएका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक पठनपाठन गर्न रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालीम जस्ता कुनै पनि शैक्षिक संस्था सञ्चालन गर्न नपाइने जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।

त्यस्तै सिनेमा घर, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्य नगर्न भनिएको छ ।

त्यस्तै सूचना मार्फत विद्यालय कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, बैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षा भने सरकारको आदेश बमोजिम सञ्चालन गर्न सकिने भनिएको छ ।

Previous articleमाघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
Next articleपेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here